काठमाडाैं, १३ वैशाख । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा मात्रै १ हजार ९ सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
कोरोना सङ्क्रमणको ‘हटस्पट’ बनेको उपत्यकामा सोमबार काठमाडाैंमा १ हजार ५ सय ६७ जना, ललितपुरमा २ सय २३ जना र भक्तपुरमा १ सय २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सोमबार देशभर ३ हजार ५ सय ५६ जना काेराेना सङ्क्रमित थपिएका छन् ।
The post कोरोना संक्रमणको ‘हटस्पट’ बन्यो उपत्यका, सोमबार १ हजार ९ सय १२ जनामा संक्रमण पुष्टि appeared first on Sajha Post.