Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

आठ हजार बढी पर्यटन व्यवसायीलाई कोरोना खोप

$
0
0

 

 

 

 

 

 

 

 

 

 

 

काठमाडाैं, ११ वैशाख ।  काठमाडौँ उपत्यकाका आठ हजारभन्दा बढी पर्यटन व्यवसायीलाई कारोना खोप लगाएका छन् ।

ठमेल पर्यटन विकास परिषद्को पहलमा यही वैशाख ४ गतेदेखि आजसम्म आठ हजारभन्दा बढी पर्यटन व्यवसायीलाई पिपल्स मेडिकल कलेज बालाजुमा कोरोना भाइरसविरुद्धको चिनियाँ खोप (भेरोसेल) प्रदान गरिएको हो ।

परिषद्का उपाध्यक्ष एवं कोभिड–१९ पर्यटन व्यवसाय विपद् समन्वय समितिका संयोजक भविश्वर शर्माले स्वास्थ्य सेवा विभागको सहकार्यमा ठमेल क्षेत्रमा कार्यरत पर्यटन व्यवसायीलाई उक्त खोप प्रदान गरिएको बताए ।

“स्वास्थ्य सेवा विभागले पर्यटन व्यवसायीका लागि १० हजार डोज खोप उपलब्ध गराए पनि हालसम्म आठ हजार ३०० को हाराहारीमा खोप प्रदान गरिसकेका छौँ”, उनले भने ।

खोप अभियानलाई प्रभावकारी र सफल बनाउनका लागि परिषद्ले ३० जना स्वयंसेवकसमेत परिचालन गरेको छ ।

नेपाल आउने ८० प्रतिशत पर्यटक ठमेल घुम्न आउने भएकाले ठमेल क्षेत्रका व्यवसायीलाई सुरक्षित बनाउनका लागि कोरोना खोप अभियानलाई तीव्रता दिएको उहाँको भनाइ छ । परिषद्ले चार हप्तापछि दोस्रो चरणको भ्याक्सिन सोही ठाउँमा उपलब्ध गराउने जनाएको छ ।

The post आठ हजार बढी पर्यटन व्यवसायीलाई कोरोना खोप appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles