काठमाडौं, ८ वैशाख । नेपालमा हरेक ४ दिनमा कोरोना संक्रमितको संख्या दोब्बरले बढिरहेको छ ।
कोरोना संक्रमणको दर अत्यधिक बढिरहेकोले अत्यन्त जरुरी काम नपरी घर बाहिर ननिस्कन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
संरचनाले धान्नै नसकने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएकोले विशेष साबधानी अपनाउन मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आग्रह गरेका छन् ।
कोरोनाको प्रेस ब्रिफिङमा बोल्दै उनले सभा, भेला, गोष्ठी , सेमिनार, जात्रा, बैठक नगर्न अनुरोध गरे । ‘कोरोना संक्रमण काठमाडौं लगायत ठूला सहरमा दिनदिनै बढ्दै गइरहेकोले थाहा पाइपाइ भीडभाडमा जानु नहुँने बताए ।
उनले विवाह, व्रतबन्ध, पूजा, भोज भतेर, समारोह गरी भीड जम्मा गर्ने, भीडमा सरिक हुने र मास्क नलगाइ हेलचेक्रयाइँ तथा असावधानीले संक्रमण थप फैलिँदै गइरहेकोसमेत बताए ।
The post ‘संरचनाले धान्नै नसकने गरी कोरोना संक्रमितकाे संख्या बढ्ने संकेत प्राप्त भएकाे छ’ appeared first on Sajha Post.