Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

तपाईंलाई थाहा नहुनसक्छ पानी र सुन्दरताको सम्बन्ध

$
0
0

तपाई दिनमा कति पानी पिउनुहुन्छ ? सामान्यतया जाडोमा हामी थोरै मात्र पानी पिउँछौं । शरीरमा पानीको मात्रा कम भईरहेको हुन्छ तर हामी खानाको मात्रा अझ बढि थपिरहेका हुन्छौं । तर पानीको मात्रा थप्ने प्रयास नै गर्दैनौं । यदि तिर्खा लागेपनि पानी खान डराएर बरु यसै बसिदिन्छौं ।

अमेरिकाको द नेसनल एकेडेमी अफ मेडिसिनले पुरुषहरूले दैनिक ३.७ लिटर र महिलाहरूले दैनिक२.७ लिटर पानी खानैपर्छ भनेर सुझाएको छ ।

डाक्टरहरुका अनुसार शरीरमा पर्याप्त मात्रामा पानी नहुँदा हाम्रो शरीरमा पर्ने सकारात्मक र नकारात्मक असरहरु भने यस्ता छन् ।

शरीरमा पानीको मात्रा पर्याप्त भए जोर्नी सुख्खा हुन पाउँदैनन् र जोगिन्छन् । कडा परिश्रम गर्दा पनि जोर्नीमा धक्का पर्न पाउँदैन । यदि शरीरमा पर्याप्तमात्रामा पानी भएन भने बढि थकानको महशुस हुन्छ । मानिसमा जाँगर आउँदैन । त्यस्तै मानिसले ध्यानपूपर्वक कुनैपनि काम गर्न सक्दैनन् । को ध्यान पनि अन्यत्र मोडिन्छ । शरीरमा पानीको कमी भए एकाग्र हुन सकिंदैन । कारण छोटो समयका लागि सम्झनामा ह्रास हुने भएकाले झर्को लाग्ने गर्दछ ।

यसैगरी पानीको मात्रा पर्याप्त भए छोटो समयका लागि स्मरण शक्ति तिखो र मुड पनि ताजा रहन्छ । पानीको पर्याप्त मात्रा हुँदा हाम्रो मुटुले पूरै शरीरभरीका रक्त नलीबाट सजिलै रक्त सञ्चार गर्छ र मांसपेशीमा पनि पर्याप्त रक्त प्रवाह हुन्छ। पानीको मात्रा पुगेन भने हाम्रो मुटुले रक्त नलीहरूबाट शरीरभर रगत पठाउन कडा परिश्रम गर्नुपर्छ । शरीरमा पर्याप्त तरल पदार्थ भए हाम्रो मूत्र नली (शरीरबाट पिसाब बाहिर निस्कने बाटो) स्वस्थ्य रहन्छ र संक्रमण पनि न्यून हुन्छ।

तर तरल पदार्थको मात्रा न्यून भए पिसाबबाट निस्कने नुन र विभिन्न खनिज मिर्गौलामा नै जम्छन् पत्थरीका रुपमा हामीलाई दुःख दिन्छ।

पर्याप्त तरलता भए हाम्रो पाचन प्रणालीले पनि सहजतापूर्वक खानेकुरा पचाउँछ । तर पर्याप्त तरलता नभए हाम्रो शरीरले पचेर बाहिरिने मल÷दिसाबाट तरल पदार्थ लिन्छ, फलस्वरुप पेट सफा नहुने र कब्जियतको समस्याले सताउँछ। शरीमा पानीको मात्रा न्यून भए माइग्रेनको दुखाइ सुरु हुन सक्छ । टाउको दुख्न सक्छ र दुखाइको समय लम्बिन सक्छ।

पानी पिउनु बाहेक पनि पानीयुक्त खानेकुरा र फलफूल जस्तै कांक्रो, सागपात, सेलरी, काँचो ब्रोकाउली, स्याउ, गाजर, चुकन्दर आफ्नो दैनिक भोजनमा समावेश गरे शरीरमा पानी वा तरलताको कमी हुन पाउँदैन।

शरीरमा पानीको आवश्यक मात्रा रहे नरहेको हामीलाई कति तिर्खा लाग्छ र मूत्रको रंगबाट थाहा पाउन सकिन्छ । हामीलाई तिर्खा लागेन र मूत्रको रंग हलुका पहेंलो तथा सफा भए हाम्रो शरीरमा पर्याप्त पानीको मात्रा छ भनेर बुझ्नु पर्छ।

त्यसैले यी कुरामा ध्यान दिनुहोस्

– पानी राखेर बोतल सधैं साथमा बोक्ने
– घरबाहिर खानु परे पानी र तरल पदार्थलाई प्राथमिकता दिने
– सकेसम्म धेरै फलफूल र सागसब्जी खाने
– एकैपटक धेरै पानी पिउनुभन्दापनि चुस्की लिईलिई समय समयमा पानी पिउने

The post तपाईंलाई थाहा नहुनसक्छ पानी र सुन्दरताको सम्बन्ध appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Latest Images

Trending Articles



Latest Images