एजेन्सी, ३१ वैशाख । धेरै मानिसहरुको घुडाँ र कुहिनोमा कालोपन हुनेगर्छ । यसका कारण कतिपय अवस्थामा यसले साथीहरुको माझ समस्या पनि उत्पन्न गराउने गर्छ । यदी तपाईको पनि कुहिनो र घुडाँमा कालोपन छ र यसबाट छुटकारा पाउन चाहानुहुन्छ भने केही यस्ता घरेलु उपाय अपनाउन सक्नुहुनेछ ।
चिनी र ओलिभ ओइल
चिनीले छालालाई एक्सफोलिएट गर्ने काम गर्छ । ओलिभ ओएलले त्यसलाई मोस्चराइज गर्ने काम गर्छ ।
कागती र मह
कागतीले प्राकृतिक ब्लीचको काम गर्छ । त्यस्तै महले डार्कनेस हटाउने काम गर्छ । लगातार हप्ताभरि प्रयोग गर्नाले केही फरक पाएको अनुभव गर्नुहुनेछ ।
बेसन र कागती
बेसनले छालालाई भित्र देखिनै सफा गर्ने काम गर्छ भने कागतीले ब्लीचको काम गर्छ । डार्कनेशलाई हटाउने काम गर्छन् ।
बेकिङ सोडा
बेकिङ सोडा स्किनलाई सफा गर्नुको साथै शरिरमा रहेको कालोपनलाई समेत हटाउन मदत गर्छ । यसलाई दुध मिलाएर लगाउँदा फाइदा साबित हुन्छ ।
बेसार, मह र दुध
यी चीजहरुको प्रयोग गरेर पनि कालोपन हटाउन सकिन्छ । महले ड्राई स्किनको मश्च्वराइज राख्ने काम गर्छ । यी तीन
चीजहरु बराबरी मात्रा लिएर यसको पेस्ट कुहिनो र घुडाँमा लगाउन सकिन्छ ।
The post कुहिनोमा कालोपन छ, यसरी हटाउनुहोस् appeared first on Sajha Post.