Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

दुवै मात्रा खोप लगाएका डा. साह पुनः संक्रमित

$
0
0

सुनसरी, १ वैशाख । कोरोनाविरुद्धको खोप कोभिसिल्डको दुई मात्रा (डोज) पूरा गरिसकेका व्यक्ति पुनः संक्रमित भएका छन् । संक्रमित हुने व्यक्ति आफैंमा चिकित्सक हुन् ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको हो । खोपको डोज पूरा गरेर पनि पुनः संक्रमण भएको घटना सम्भवतः नेपालमा यो पहिलो भएको अनुमान गरिएको छ ।

चिकित्सक साहले भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिसिल्डको डोज पूरा गरेर काममा खटिँदै आएका छन् । उनले माघ १४ गते पहिलो र चैत १७ गते दोस्रो डोज खोप लगाएका थिए । उनलाई कोरोना संक्रमण पुष्टि भए पनि लक्षण देखा परेको छैन ।

खोपको डोज पूरा गरे पनि विराटनगरमा रहेका संक्रमित छोराको सम्पर्कमा आएपछि आफूलाई पनि संक्रमण भएको साहले जानकारी दिए । हाल उनी नेपाल सरकारबाट जारी भएको निर्देशिकाबमोजिम सतर्कता अपनाउँदै होम क्वारेन्टाइनमा बस्दै आएका छन् ।

The post दुवै मात्रा खोप लगाएका डा. साह पुनः संक्रमित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles