काठमाडाैं, २७ चैत । नेपालमा शुक्रबार थप २८८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको चार हजार ७१ पिसिआर परिक्षणका क्रममा थप २८८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार ३८८ पुगेको छ । त्यस्तै थप १२७ संक्रमित निको भएका छन् भने हालसम्म नेपालमा दुई लाख ७३ हजार ७३५ जना कोरोनामुक्त भएका छन् ।
गत २४ घण्टामा कुनै कोरोना संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा तीन हजार ३८ जनाले कोरोनाका कारण ज्यान गुमााएका छन् । हाल २६ सय १५ जना आइशोलेशन र ८४ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालस्म्म २३ लाख ६ हजार २४४ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जानकारी गराएको छ ।
The post शुक्रबार थपिए २८८ जना कोरोना संक्रमित appeared first on Sajha Post.