काठमाडौं, २७ चैत ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ संक्रमणको जोखिम बढेपछि शैक्षिक संस्था भौतिक रूपमा सञ्चालन नगर्न सिफारिश गरेको छ ।
छिमेकी राष्ट्र भारतमा अहिलेसम्मकै रेकर्ड तोड्दै एकैदिन १ लाख ३१ हजारभन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् । तीनतिर खुला सिमाना भएकोले नेपालमा पनि जोखिम बढ्न सक्ने अनुमानसहित मन्त्रालयले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई शैक्षिक गतिविधि अनलाइनमार्फत गर्नुपर्ने सिफारिश गरेको हो ।
स्वास्थ्य मन्त्रालयले विद्यालय जाने उमेर समूहमा संक्रमण बढेको जनाउँदै यसअघि नै उच्च सतर्कता अपनाउन आग्रह गर्दै आएको थियो । विभिन्न विश्वविद्यालयले अहिले परीक्षा सञ्चालनको मिति तय गरेर काम गरिरहेका छन् ।
The post स्वास्थ्य मन्त्रालयद्वारा जोखिम न्यूनीकरण गर्न विद्यालय बन्दको सिफारिश appeared first on Sajha Post.