Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

एस्ट्रोजेनेका खोप लगाएका १९ जनाको मृत्युपछि ३० वर्ष कमकालाई खोप प्रतिबन्ध

$
0
0

एजेन्सी, २६ चैत । बेलायत सरकारले ३० वर्षभन्दा कम उमेर समूहका नागरिकहरुलाई कोरोना विरुद्धको खोप नलगाउन निर्देशन दिएको छ । बेलायतको औषधि नियामक संस्था एमएचआरएले ३० वर्षभन्दा कम उमेर समूहका नागरिकहरुलाई एस्ट्राजेनेकाको कोरोना खोप नलगाउन भनेको हो ।

एमएचआरएका अनुसार एस्ट्राजेनेकाको खोप लिएपछि ब्लड क्लटिंग अर्थात् रगतको ढिक्का बन्ने समस्या देखिएको गुनासो आएपछि यस्तो निर्णय गरिएको हो । नियामक संस्थाले आफ्नो जाँचमा मार्चाको अन्तिमसम्म जो व्यक्तिहरुलाई एस्ट्राजेनेकाको कोरोना खोप दिइएको थियो उनीहरुमध्ये ७९ जनामा ब्लड क्लटिंगको समस्या देखिएको र १९ जनाको मृत्यु भएको पाइएको उल्लेख गरेको छ ।

तर, एमएचआरएले यस विषयमा हालसम्मपनि कुनै ठोस प्रमाण फेला नपरेको पनि बताएको छ । कोरोना खोपकै कारण उनीहरुको मृत्यु भएको हो भन्ने विषयमा ठोस प्रमाण फेला नपरेपनि यस विषयमा अनुसन्धान भइरहेको पनि एमएचआरएले बताएको छ ।

एस्ट्रेजेनेकाको कोरोना खोपले मानिसहरुमो रगतको ढिक्का बन्ने र उनीहरुको मृत्यु हुने गरेको समस्या विभिन्न मुलुकमा देखिएको भन्ने छ । तर, हालसम्म खोपकै कारण उनीहरुमा यस्तो समस्या देखिएको हो भन्ने कुनै प्रमाण फेला नपर्दा खोपलाई लिएर अन्यौलता कायमै छ ।

The post एस्ट्रोजेनेका खोप लगाएका १९ जनाको मृत्युपछि ३० वर्ष कमकालाई खोप प्रतिबन्ध appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles