Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

राष्ट्रपति भण्डारीले लगाइन् काेराेनाविरुद्धकाे खाेप

$
0
0

काठमाडाैं, २ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाबिरुद्धको खोप लगाएकी छिन् । सोमबार अपरान्ह महाराजगमा रहेकाे शिक्षण अस्पताल पुगेर राष्ट्रपति भण्डारीले कोरोनाविरुद्धको खोप लगाएकी हुन् ।

चैत ९ गते दूई दिने औपचारिक भ्रमणमा बंगलादेश जानु अघि राष्ट्रपति भण्डारीले खोप लगाएकी हुन् ।  खोपलगायत पूर्वधार समयमा नै स्वदेश भित्राउनु सरकारको सफलता भएको उनले  बताएकी छिन् । त्यस्तै उनले आफु ९ र १० गते बंगलादेश जानुपर्ने भएकाले पनि समयमा नै खोप लगाएको उल्लेख गरे ।

त्यस्तै उनले चरणबद्ध रुपमा खोप अभियान सञ्चालन भएकाले आफ्नो उमेर समूहको पालो आएपछि पनि खोप लगाएको बताइन् । राष्ट्रपति भण्डारीले पुरै विश्वस्त भएर कोरोनाबिरुद्धको खोप लगाउन आग्रह गरेकी छिन् ।

माघ १४ गतेदेखि शुरु भएको कोरोनाविरुद्धको खोप अभियान अन्तर्गत अहिले फागुन २३ देखि ६५ वर्षमाथिका नागरिकले खोप लगाइरहेका छन् ।

The post राष्ट्रपति भण्डारीले लगाइन् काेराेनाविरुद्धकाे खाेप appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles