Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

बुधबार थप ८७ जनामा कोरोना संक्रमण पुष्टि

$
0
0

काठमाडाैं, १९ फागुन ।  नेपालमा बुधबार थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ८७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ३८१ पुगेको छ । त्यस्तै थप ६२ जना कोरोनामुक्त भएका छन् भने हालसम्म नेपालमा २ लाख ७० हजार ६०५ जनाले कोरोना जितेका छन् ।

त्यस्तै मन्त्रालयले नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पुन अद्यावधिक गरेको छ । जसअनुसार थप २३३ जनाले कोरोना कारण ज्यान गुमाएका छन् । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन हजार १० पुगेको छ ।

नेपालमा हाल ७६६ जना आइशोलेशन र ५९ जना क्वारेन्टाइनमा छन् । हालसम्म २१ लाख ७३ हजार ५११ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

 

The post बुधबार थप ८७ जनामा कोरोना संक्रमण पुष्टि appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles