Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

नेपाललाई थप ३ लाख डोज खोप दिने चीनको निर्णय

$
0
0

काठमाडौं, १७ फागुन । चीनले नेपाललाई थप ३ लाख खोप अनुदानमा दिने भएको छ । योसँगै चीनले नेपाललाई अनुदानमा दिने कोभिड–१९ को खोप आठ लाख डोज पुगेको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार साँझ एक ट्वीट गर्दै नेपाललाई अनुदानमा ८ लाख डोज खोप दिने निर्णय भएको जानकारी दिएकी हुन् ।

सुरुमा चीनले नेपालालई ३ लाख डोज दिने घोषणा गरेको थियो । लगत्तै चीनले खोपको मात्रा बढाएर ५ लाख पुर्‍याएको थियो भने अहिले पुनः ३ लाख खोप थप्ने निर्णय गरेको हो ।

The post नेपाललाई थप ३ लाख डोज खोप दिने चीनको निर्णय appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles