Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

अमेरिकामा तेस्रो कोरोना विरुद्धको खोपलाई आधिकारिक अनुमति

$
0
0

काठमाडौं, १६ फागुन । जनसन एण्ड जनसनले विकास गरेको कोरोना विरुद्धको खोपलाई आधिकारिकता अनुमति दिइएको छ । अमेरिकाको खाद्य तथा व्यवस्थापक निकाय (एफडीए) ले जनसन एन्ड जनसनले विकास गरेको कोरोना विरुद्धको खोपलाई आधारिक रुपले मान्यता दिएको हो ।

अमेरिका यस खोपलाई मान्यता दिने विश्वकै पहिलो मुलुक पनि बनेको छ । फाइजर र मोडर्नाको खोप सरह अमेरिकामा तेस्रो खोपले अनुमति पाएको हो । जनसन एण्ड जनसनले विकास गरेको कोरोना विरुद्धको खोपको विशेषता भनेको यसको एक डोज मात्रै लिए हुन्छ । साथै यसलाई सामान्य रेफ्रिजरेटरमा पनि स्टोर गर्न सकिन्छ ।

जबकी फाइजर र मोडर्नाको खोपको दुई डोज लिनु पर्छ भने यसलाई स्टोर गर्नका लागि विशेष किसिमको डीपफ्रिजरको आवश्यकता हुन्छ । यस्तै जनसन एन्ड जनसनको खोप अन्य खोपको तुलनामा सस्तो पनि रहेको बताइएको छ । तर, मूल्यको बारेमा भने हालसम्म केहि खुलाइएको छैन ।

कम्पनीले यसै वर्षको जुन महिनाको अन्त्यसम्म अमेरिकामा १० करोड खोप आपूर्ति गर्ने तयारी गरेको छ । बेलायत, यूरोपीय यूनियन र क्यानडाले पनि यस खोपको माग गरिसकेको छ ।

त्यसबाहेक को–भ्याक्स योजनामार्फत् कम्पनीलाई ५० करोड खोपको अर्डर दिइएको छ । ताकि गरीर मुलुकमा कोरोना विरुद्धको खोप आपूर्ति गर्न सकियोस् ।

The post अमेरिकामा तेस्रो कोरोना विरुद्धको खोपलाई आधिकारिक अनुमति appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles