Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

खुट्टाबाट गन्ध आउने गर्छ ?

$
0
0

काठमाडौं,२३ वैशाख । गर्मी समयमा शरिरबाट पसिना आउने गर्छ । त्यसले गर्दा जुत्ता लगाउँदा खुट्टाबाट गन्ध आउने गर्छ ।

गन्ध आउन नदिने उपाय भनेको नियमित रुपमा खुट्टा धुनु तथा सफा मोजाको प्रयोग गर्नु हो ।

साथै शरिरलाई आवश्यक पानी पिउनु पनि आवश्यक छ ।

वास्नादार तेल यसले वास्ना दिने मात्र नभई ब्याक्टेरिया मार्नमा समेत सहयोग गर्दछ ।

हल्का तातो पानीमा केहि थोपा तेल मिसाएर केहि समयसम्म खुट्टामा लगाइराख्नाले गन्ध हट्दै जान्छ । अर्को उपाय भनेको बेकिंग सोडाले पसिनाको पिएच लेवल सामान्य राखी ब्याक्टेरियालाई नियन्त्रण गर्दछ ।

हल्का तातोपानीमा बेकिंग सोडालाई मिसाएर १५ देखि २० मिनेटसम्म खुट्टा पानीमा डुवाउनाले समस्या हटेर जान्छ ।

फिटकिरीले व्याक्टेरियालाई रोकी खुट्टाको गन्ध हटाउछ । एक चम्चा फिटकिरी पाउडरलाई एक जग पानीमा मिसाएर खुट्टा धुनाले एकैछिनमा गन्ध हट्छ ।

The post खुट्टाबाट गन्ध आउने गर्छ ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles