Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

भारतबाट १० लाख डोज कोरोना खोप नेपाल आउँदै

$
0
0

काठमाडौं, ९ फागुन । नेपालले खरिद गरेको कोरोना खोपमध्ये १० लाख डोज आज काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भारतको सेरम इन्स्टिच्युटसँग खरिद गरिएको २० लाखमध्ये १० लाख डोज कोभिसिल्ड खोप काठमाडौं आइपुग्नेछ ।

मन्त्रिपरिषद्ले सार्वजनिक खरिद ऐनमा संशोधन गरेपछि खोप खरिदको बाटो खुलेको थियो । मन्त्रालयका अनुसार सेरम इन्स्टिच्युटले सुरुमा सबै भुक्तानी मागेको थियो । तर खरिद ऐनले त्यसो गर्न नहुने भएपछि एकपटकका लागि संशोधन भएको हो ।

यता चीनले पनि नेपाललाई ५ लाख डोज खोप अनुदानमा दिएको छ र यो नेपालमा आपतकालीन प्रयोगका लागि औषधि व्यवस्था विभागले अनुमति दिइसकेको छ ।

यसअघि भारतले १० लाख डोज खोप अनुदानमा दिएको थियो र १४ माघबाट खोप अभियान सुरु भएको थियो । यो खोप पहिलो चरणमा फ्रन्टलाइनरलाई दिइएको थियो भने २३ फागुनबाट ६० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई दिइनेछ ।

The post भारतबाट १० लाख डोज कोरोना खोप नेपाल आउँदै appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Latest Images

Trending Articles



Latest Images