Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

विश्वको ११ करोड जनसंख्यामा कोरोना संक्रमण

$
0
0

काठमाडौं, ६ माघ । विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ११ करोड नाघेको छ । गत २४ घन्टामा विश्वभर ३ लाख ९० हजार ६ सय ८६ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

वर्ल्डोमिटरको तथ्याङ्क अनुसार नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या ११ करोड ४ लाख ४ लाख १८ हजार १ सय ६२ पुगेको छ । यस्तै गत २४ घन्टामा विश्वभर थप ११ हजार २ सय ८९ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

योसँगै विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २४ लाख ३९ हजार ८ सय १४ पुगेको छ । हालसम्म विश्वभर कोरोनाका कारण सङ्क्रमित भएकामध्ये ८ करोड ५३ लाख १३ हजार ८१ जना स्वस्थ भएका छन् भने विश्वभर सक्रिय सङ्क्रमितको संख्या २ करोड २६ लाख ६४ हजार १ सय २४ रहेको छ ।

The post विश्वको ११ करोड जनसंख्यामा कोरोना संक्रमण appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Latest Images

Trending Articles



Latest Images