Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

यि हुन् काठमाडाैं उपत्यकामा कोरोना खोपका १२ केन्द्रहरु

$
0
0

काठमाडौं, २ फागुन । सरकारले कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत आजदेखि पहिलो प्राथमिकताको दोस्रो चरण सुरु गर्दैछ। फागुन ८ सम्मका लागि तय गरिएको दोस्रो चरणमा तीन लाख व्यक्तिलाई खोप दिने योजना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार  पहिलो प्राथमिकताको दोस्रो चरणको खोप अभियानमा जिल्लास्थित सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका कर्मचारी र निर्वाचित जनप्रतिनिधिहरूलगायतले खोप लगाउन पाउने छन् ।

यस्तै, सीमा सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मी र पहिला छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शववाहन चालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीले खोप लगाउने पाउने मन्त्रालयले जनाएको छ।

काठमाडौं जनस्वास्थ्य कार्यलयले काठमाडौं उपत्यकामा यी १२ वटा केन्द्रमा कोरोना  खोप लगाईने जनाएको छ ।

 

 

The post यि हुन् काठमाडाैं उपत्यकामा कोरोना खोपका १२ केन्द्रहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles