Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

झण्डै डेढ लाख नेपालीले कोरोनाविरुद्धको खोप लगाए, एक तिहाई वागमती प्रदेशमा

$
0
0

काठमाडौं, २१ माघ । नेपालमा झण्डै डेढ लाख मानिसले कोरोनाविरुद्धको खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोभिड-१९ को खोप अभियान अन्तर्गत बुधबार अपराह्नसम्म २०१ खोप बुथहरुबाट ७७ जिल्लाहरुमा कुल १ लाख ४५ हजार ८ सय ४४ जनाले खोप लगाएका हुन् ।

सबैभन्दा बढी वागमती प्रदेशमा ५० हजार ७ सय ५० जनाले यो खोप लगाएका छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा ७ हजार ३ सय २६ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता गौतमका अनुसार प्रदेश १ मा २० हजार १ सय ५५ जना, प्रदेश २ मा १९ हजार ६ सय ६३ जना, गण्डकीमा १६ हजार ४ सय ९५ जना, लुम्बिनीमा २१ हजार ४ सय ५४ जनाले र सुदूरपश्चिममा १० हजार १ जनाले खोप प्राप्त गरिसकेका छन् ।

The post झण्डै डेढ लाख नेपालीले कोरोनाविरुद्धको खोप लगाए, एक तिहाई वागमती प्रदेशमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles