वासिङ्टन, १५ पुस । बेलायतमा भेटिएको नयाँ प्रजातिको कोरोना भाइरस अमेरिकामा पनि भेटिएको छ । कोलोराडोका एक युवकमा नयाँ प्रकारको कोरोना भाइरस देखिएको हो ।
बीबीसीमा प्रकाशित खबरका अनुसार ती युवकलाई अहिले आइसोलेसनमा निगरानीमा राखिएको छ । अहिले उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ भइरहेको अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । अमेरिकामा नयाँ प्रजातिको कोरोना फैलिइसकेको ती अधिकारीहरुले आशंका व्यक्त गरेका छन् ।
बेलायतमा पहिलोपटक देखिएको उक्त भाइरस अहिले अमेरिका, डेनमार्क, नेदरल्यान्ड्स, अस्ट्रेलिया, स्विडेन, स्विट्जरल्यान्ड, जर्मनी, क्यानडा, जापान, फ्रान्स, लेबनान, सिंगापुर, दक्षिण कोरिया, भारत, पाकिस्तानलगायत देशमा देखिइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा अहिलेसम्म १ करोड ९५ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ३ लाख ३८ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा फाइजर र बायोएनटेकले संयुक्त रुपमा बनाएको र मोडर्नाको कोरोना खोप आपत्कालीन प्रयोगमा आइसकेको छ ।
The post अमेरिमामा पनि भेटियो बेलायती कोरोना भाइरस appeared first on Sajha Post.