Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

मंगलबार थपिएका कोरोना संक्रमित कुन जिल्लाका कति ?

$
0
0

काठमाडौं, १४ पुस । मंगलबार ७०८ जना कोरोना  संक्रमित थपिएसँगै  नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ को उदयपुरमा  १ जना, झापामा ४, भोजपुरमा एकजना, मोरङमा २१ र सुनसरीमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश २ को धनुषामा २ जना र रौतहटमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै,  बागमती प्रदेशको काठमाडौंमा  ३२४ जना,  काभ्रेमा ७, चितवनमा १४, धादिङमा ६, नुवाकोटमा ७, भक्तपुरमा २२, मकवानपुरमा ७, रामेछापमा एकजना, ललितपुरमा ५२ र सिन्धुपाल्चोकमा २ जनामा कोरोना संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका  अनुसार  गण्डकी प्रदेशको कास्कीमा १९, गोरखामा १, तनहुँमा १, नवलपरासी पूर्वमा ५ र लमजुङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, कपिलवस्तुमा ६, गुल्मीमा ४, दाङमा १६, नवलपरासीमा ५, पाल्पामा १०, बर्दियामा ११, बाँकेमा ३८, रुकुम पूर्वमा १, रुपन्देहीमा ३७ र रोल्पामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको  जाजरकोटमा १,   सुर्खेतमा  ७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै  सुदूरपश्चिमको अछाममा १, कंचनपुरमा १६, कैलालीमा २६, डडेल्धुरामा ३, बझाङमा ५ र बैतडीमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको  मन्त्रालयले जनाएको छ ।

The post मंगलबार थपिएका कोरोना संक्रमित कुन जिल्लाका कति ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles