क्यान्सर हुनु अगावै हाम्रो शरीरले विभिन्न लक्ष्यणहरु देखाइसकेको हुन्छ । ती लक्षणबारे हामीले समयमै थाहा पाउन सकेनौँ भने रोगले ठूलो रुप लिन सक्छ । त्यसैले बेलैमा सजक रहनुपर्छ । यी हुन् स्तन क्यान्सरका केही पूर्व लक्षणहरु
१) स्तनको आकारमा परिवर्तन
यदि तपाईको स्तनको आकार अचानक सानो वा ठूलो देखिन थालेमा त्यो स्तन क्यान्सरको लक्ष्यण हुन सक्छ । एउटा स्तनमा मात्र घटबढ देखियो भने पनि यो क्यान्सरको लक्ष्यण हो । कसैकसैको स्तनमा डिम्पल पनि देखा पर्न सक्छ ।
२) छुँदा गाँठो जस्तो लागेमा
स्तन नरम हुनुको साट्टो गाँठो जस्तो महसुस भयो भने वा स्तन साह्रो भएमा पनि यो क्यान्सरको लक्षण हो । स्तन सुन्निने, निप्पलको प्वाल ठूलो हुने भएमा पनि स्तन क्यान्सरको खतरा हुन सक्छ ।
३) निप्पल डिस्चार्ज भएमा
दुध खुवाउने आमा नभएको खण्डमा पनि तपाईको स्तनले सेतो पदार्थ डिस्चार्ज गरेमा यो स्तन क्यान्सरको सम्भावना हुन सक्छ । जति सक्दो चाँडो चिकित्सकलाई देखाएमा यसको सजिलै उपचार गर्न सकिन्छ ।
४) स्तनमा चिलाउने फोका आएमा वा रातो भएमा
यदि तपाईको स्तन चिलाइरहने गर्छ र रातो हुन्छ भने तपाई सचेत रहनुपर्छ । रातो हुनु र चिलाउनु क्यान्सर हुनुको प्रबल सम्भावना हो । यस्तो किसिमको क्यान्सर ट्युमरबाट सुरु नहुने भएकाले आफू नै सचेत रहेर तुरुन्तै चिकित्सक कहाँ जानुपर्छ ।
५) अत्याधिक दुखेमा
यदि तपाईको स्तन सधैँ तातो र असजिलो महसुस भएमा वा छुँदा दुखेमा तुरुन्तै आफूले लगाएको ब्रा परिवर्तन गर्नुपर्छ । यसो गर्दा पनि सहज महसुस भएन भने यो क्यान्सर हुन सक्ने सम्भावना हो । सचेत रहेर समयमै चिकित्सक कहाँ जानुपर्छ ।
The post सावधान ! यस्ता लक्षण देखिएमा स्तन क्यान्सर हुनसक्छ appeared first on Sajha Post.