काठमाडौं, ११ पुस । स्वास्थ्यमा क्रियाशील ट्रेड युनियन तथा पेशागत संघ/संगठनहरुको संयुक्त संघर्ष समिति सडकमा उत्रने भएको छ ।
१९ वटा स्वास्थ्य क्षेत्रका पेशागत तथा स्वास्थ्य सेवामा क्रियाशील ट्रेड युनियन संघ संगठनहरुले मंसिर ७ गते संयुक्त १८ बुँदै ज्ञापनपत्रसहित २१ दिने अल्टिमेटम दिएको थियो ।
समितिका अध्यक्ष डा. लोचन कार्कीका अनुसार अहिलेसम्म स्वास्थ्य मन्त्री र सम्बन्धित निकायले संवादका लागि वातावरण सिजर्ना नगरेको भन्दै स्वास्थ्यकर्मीहरु सडकमा उत्रन लागेका हुन् ।
पुस ७ गते बसेको संयुक्त संघर्ष समितिको बैठकले आन्दोलनको घोषणा गरेको संयोजक कार्कीले जानकारी दिए ।
आइतबार बिहान ११ देखि १२ः३० सम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आसपास माइतीघर मण्डलामा कार्डसहित मौन धर्ना कार्यक्रम राखेको संयुक्त संघर्ष समितिले जनाएको छ ।
The post मन्त्रीले संवाद गर्न नचाहेको भन्दै स्वास्थ्यकर्मी पनि सडकमा आउने appeared first on Sajha Post.