काठमाडौं, २५ कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ४२० जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयले मङ्गलबार दिएको जानकारी अनुसार ६०३ महिला र ८१७ पुरुष गरी १४२० जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ११४१ जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यसैगरी भक्तपुरमा ८६ र ललितपुरमा १९३ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपालमा भने पछिल्लो २४ घण्टामा कुल २७३६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या २ लाख नजिक पुगेको छ ।
The post काठमाडौं उपत्यकामा थपिए १४२० कोरोना संक्रमित appeared first on Sajha Post.