Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

यस्ता आनीबानीले तपाईंको दाँत बिग्रन सक्छ

$
0
0

हाम्रा सामान्य कमजोरीका कारण हाम्रै दाँत बिग्रिइरहेको हुन्छ । सामान्यतः मुखको स्वास्थ्यमा ध्यान दिनाले दाँत जोगाउन केही हदसम्म सफल हुनसकिन्छ ।

नियमित परीक्षण नगर्नु

दाँतको स्वास्थ्यमा हामी साह्रै खेलबाड गर्छौं । दाँतको स्वाथ्यका लागि  अत्यन्त आवश्यक भनेको  नियमित रुपमा परीक्षण गर्नु हो । यसबाट रोग लाग्न भन्दा अगाडी नै रोगथाम गर्न सकिन्छ ।

आफैं चिकित्सक बन्नु

विना डाक्टरी सल्लाह कुनै पनि औषधि सेवन गर्नु हुँदैन । यसले समस्या निम्तिन सक्छ । यसैले जब तपाईलाई दाँत, मुख या शरीरको अन्य भागमा समस्या महसुस भएको छ भने डाक्टरकहाँ जानुस्, आफै घरेलु उपचारमा नलाग्नुस् ।

हतार-हतार दाँत माझ्नु

प्रायः मानिसले दाँतको सफाइमा समय दिँदैनन् । कम्तीमा ५ मिनेटमा दाँतको सफाइ गर्न सकिन्छ । तर, धेरैसँग त्यो समयको पनि फुर्सद छैन् र र हतारमा दाँत माझ्दा झन समस्या थपिन सक्छ । छिटो-छिटो दाँत माझ्दा त्यसको दबाब दाँत र गिजामा पर्न जान्छ । जसले  गर्दा चाँडै दाँत र गिजा टुक्रिन सक्छ ।

एन्टिसेप्टिक माउथवास नगर्नु

ब्रस गर्नुका साथै माउथवास र फ्लासिङ पनि  जरुरी हुन्छ । दाँतको बीचमा खाना अड्कन्छ, जसका कारण दाँत सड्ने र गिजाको संक्रमण निम्तिन्छ । यसैले स्वस्थ गिजा र दाँतका लागि डेन्टल फ्लास र इन्टरडेन्टल ब्रसको प्रयोग गर्नु आवश्यक हुन्छ ।

जङ्कफूड बढी खानु

बजारमा  उपलब्ध कयौं खाद्यपदार्थ दाँतलाई हानी गर्ने खालका हुन्छन् । दाँतको सरसफाइका लागि बजारमा पाइने यी खाद्य पदार्थ मुखमा निषेध गर्दा राम्रो हुन्छ ।बढी सोडा, कोल्ड ड्रिङ्कजस्ता पेयपदार्थ  पिउनाले पनि दाँत बिग्रन्छ ।

हरियो सागसब्जी र फलफूल नखानु

हरियो सागपात र फलफूल दुवै दाँतको स्वास्थ्यका लागि अत्यन्तै लाभदायक मानिन्छ । यी पदार्थबाट शरीरमा भिटामिन पाइन्छ । भिटामीन सी र भिटामिन डी दाँतका लागि निकै फाइदाजनक हुन् ।

सुर्तीजन्य पदार्थ बढी सेवन गर्नु

सुर्तीजन्य पदार्थ हाम्रो स्वास्थ्यमा कहिल्यैं पनि राम्रो गर्दैन । दाँतका लागि मात्रै होइन, यसले समग्र स्वास्थ्यमा असर गर्ने भएकाले सुर्तीजन्य पदार्थको सेवन नगर्नु नै राम्रो हुन्छ ।

The post यस्ता आनीबानीले तपाईंको दाँत बिग्रन सक्छ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles