Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

यस्ता खानेकुरा खाँदै नखानुहोस्

$
0
0

विशेषगरी सहरिया क्षेत्रमा केक संस्कृति मौलाएको छ । केक काटेर जन्मदिन मनाउने प्रचलन पनि अत्यधिक छ । तर, यसले हाम्रो शरीरमा कति असर गर्छ भन्नेबारे भने अनभिज्ञजस्तै छौँ । केकमा चिल्लोको मात्रा अत्यधिक हुन्छ । मैदाबाट केक बन्ने गर्छ, जसले हाम्रो शरीरलाई कुनै पनि फाइदा पुर्‍याउँदैन । केकले मोटोपन, उच्च रक्तचाप, मधुमेहलगायतका समस्या सृजना गर्दछ ।

खाजाको रूपमा चाउचाउ प्रयोग गर्ने मानिसको संख्या ठूलो छ । कतिपयले त चाउचाउबाटै छाक टारिरहेका हुन्छन् । बालकदेखि वृद्धसम्मका लागि प्रिय खाना बनेको छ, चाउचाउ । तर, चाउचाउले पनि हाम्रो शरीरलाई कुनै फाइदा पुर्‍याउँदैन ।

यसमा भएको सेतो पिठोले स्वास्थ्यमा असर पुर्‍याउँछ । चाउचाउ प्रयोग गर्ने बच्चामा पौष्टिक तत्वको कमी हुन्छ । खानैपरे सिजनल तरकारी र सागपात प्रयोग गरेर खाँदा उत्तम हुन्छ ।

आलु चिप्सले पेट भर्नेबाहेक अरू कुनै फाइदा गर्दैन । आलु चिप्स, भुजियालगायतका खानेकुराबाट कुनै पनि पौष्टिक तत्व प्राप्त हुँदैन । तर, यस्ता खाद्य पदार्थ स्वादिलो हुन्छ र खाइरहुँझैँ लाग्छ ।

यसले बच्चाको वृद्धिविकास रोकिन्छ, स्नायु तत्वलाई बलियो हुन दिँदैन र विभिन्न रोग लाग्न सक्छ । आलु चिप्स, भुजियालगायतका खाद्य पदार्थ नखाँदा नै उपयुक्त हुन्छ ।

The post यस्ता खानेकुरा खाँदै नखानुहोस् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles