मद्यपान, सुपाडीजन्य पदार्थ, रासायनिक तथा अखाद्य पदार्थ खानुहुँदैन । सन्तुलित खाना, हरियो सागपात र फलफूलमा जोड गर्नुपर्छ । खाएपछि मुखको सफाइमा ध्यान दिनुपर्छ । नुन कम हालेका खानेकुरा खानुपर्छ । सुर्तीजन्य पदार्थ सेवन नगर्नु नै मुखको क्यान्सरबाट जोगिने प्रमुख उपाय हो ।
मुखमा विभिन्न दाग देखिनु क्यान्सरको लक्षण हुन सक्छ । कहिलेकाहीँ घाउ नदुख्न पनि सक्छ । यस्तो अवस्थामा चिकित्सकलाई देखाउनुपर्छ । मुखमा भएका परिवर्तन, घाउ–खटिरा, दाग सजिलैसँग देख्न सकिन्छ ।
मुखको क्यान्सर भएका बिरामीमध्ये ९० प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गरेको पाइन्छ । धुम्रपानबाट ३५ किसिमका विभिन्न रोग लाग्न सक्छ ।
मद्यपान पनि मुखको क्यान्सर गराउने एक प्रमुख कारण हो । जुनसुकै प्रकारको र मात्राको रक्सी सेवन गर्दा पनि मुखको क्यान्सर हुन सक्छ । सुर्ती र रक्सी सँगै सेवन गर्दा मुखको क्यान्सर हुने सम्भावना १५ गुणाले बढ्छ ।
The post यस्ता छन् मुखमा क्यान्सर हुने प्रमुख कारणहरु appeared first on Sajha Post.