Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

काठमाडौं उपत्यकामा थपिए कोरोना संक्रमित

$
0
0

काठमाडौं, १७ कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६३० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार ७०२ महिला र ९२८ पुरुष गरी १ हजार ६३० जनामा संक्रमण पुष्‍टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १३२९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसैगरी भक्तपुरमा १०८ र ललितपुरमा १९३ जनामा संक्रमण पुष्‍टि भएको छ ।

नेपालभर भने पछिल्लो २४ घण्टामा कुल २९३३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ ।

 

The post काठमाडौं उपत्यकामा थपिए कोरोना संक्रमित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles