Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कोरोना अपडेटसम्बन्धी सरकारी पत्रकार सम्मेलन अब साताको दुई दिन मात्रै

$
0
0

काठमाडौं, १२ कात्तिक । स्वास्थ्य मन्त्रालयले हप्ताको सातै दिन गर्दै आएको कोरोनासम्बन्धी अपडेटको तालिका परिवर्तन गरेको छ । मन्त्रालयका प्रवक्ताको उपस्थितिमा हुने श्रव्यदृश्यसहितको दैनिक अद्यावधिकलाई घटाएर आइतबार र बुधबार मात्र राखिएको छ ।

यसअघि हप्ताको सातै दिन आयोजना गरिने पत्रकार सम्मेलन अबदेखि साताको दुई दिन मात्रै राखिने मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमले बुधबार नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

यद्यपि २४ घण्टाको अध्यावधिक विवरण भने मन्त्रालयको वेबसाइटमा दैनिक साढे ४ बजे अपडेट गरिने प्रवक्ता गौतमले जानकारी दिए ।

The post कोरोना अपडेटसम्बन्धी सरकारी पत्रकार सम्मेलन अब साताको दुई दिन मात्रै appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles