Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

बुधबार थपिए १९५४ कोरोना संक्रमित, कुल संक्रमितको संख्या १ लाख ६२ हजार नाघ्यो

$
0
0

काठमाडौं, १२ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९५४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ९८१ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या १ लाख २१ हजार ८२४ पुगेको छ ।

बुधबारसम्म २ हजार ८८९ जना क्‍वारेन्टाइनमा रहेका छन् भने ३९ हजार ६४३ जना आइसोलेसनमा रहेका छन् ।

आजसम्म कुल १४ लाख ९ हजार २९५ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप ११ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८८७ पुगेको मन्त्रालयले जनाएको छ ।

The post बुधबार थपिए १९५४ कोरोना संक्रमित, कुल संक्रमितको संख्या १ लाख ६२ हजार नाघ्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles