Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

साढे दुई हजार जनाको परीक्षण गर्दा ५७० जनामा कोरोना संक्रमण

$
0
0

काठमाडौं, ११ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ५७० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मङ्गलबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार १६८ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या १ लाख १८ हजार ८४३ पुगेको छ ।

मङ्गलबारसम्म २ हजार ९३२ जना क्‍वारेन्टाइनमा रहेका छन् भने ४० हजार ६८१ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा २ हजार ५१५ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल १४ लाख ६९४ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप १४ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८७६ पुगेको मन्त्रालयले जनाएको छ ।

The post साढे दुई हजार जनाको परीक्षण गर्दा ५७० जनामा कोरोना संक्रमण appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Latest Images

Trending Articles



Latest Images