काठमाडौं, ९ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८५६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ३३६ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ११ हजार ६७० पुगेको छ ।
थप ५ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८४७ पुगेको मन्त्रालयले जनाएको छ ।
आइतबार ५४ जिल्लामा कोरोना संक्रमित भेटिएका मध्ये सबैभन्दा बढी काठमाडौंमा १ हजार २२५ जना रहेका छन् । प्रदेशगतरुपमा सबैभन्दा बढी बागमतीमा १ हजार ८४९ संक्रमित थपिएका छन् भने सबैभन्दा कम कर्णालीमा ९ जना संक्रमित भेटिएका छन् ।
हेर्नुहोस् प्रदेश र जिल्लाअनुसार कोरोना संक्रमितको विवरण-
The post आइतबार थपिएका कोरोना संक्रमित कुन जिल्लाका कति ? हेर्नुहोस् जिल्लागत विवरण appeared first on Sajha Post.