काठमाडौं, ६ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार २१५ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या १ लाख २ हजार ८२० पुगेको छ ।
बिहीबारसम्म ३ हजार ७५१ जना क्वारेन्टाइनमा रहेका छन् भने ४४ हजार ८७७ जना आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा १५ हजार २५५ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल १३ लाख ५० हजार १५२ नमूनाको पिसीआर परीक्षण सम्पन्न भएको छ ।
थप २१ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८१२ पुगेको मन्त्रालयले जनाएको छ ।
The post बिहीबार ३६३७ कोरोना संक्रमित थपिँदा ३२१५ जना निको, २१ जनाको मृत्यु appeared first on Sajha Post.