Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

यी ५ अवस्थामा मेवा खानु हानिकारक मानिन्छ

$
0
0

सामान्य अवस्थामा मेवा खानु धेरै फाइदाजनक मानिन्छ । यसमा पाइने विभिन्न पोषक तत्व हाम्रो शरीरका लागि निकै लाभदायक सावित हुन्छन् । तर मेवामा पाइने पपाइन नामक पदार्थ भने सबै अवस्ठामा राम्रो मानिदैन । कतिपय अवस्थामा यसले रोगहरु निम्त्याउने हुनाले मेवा खानु हानिकारक पनि हुने गर्छ । त्यसैले यी अवस्थामा हामीले मेवा खानबाट बच्नुपर्छ:

१. मिर्गौलामा समस्या भएको अवस्ठामा
मेवामा अधिक मात्रामा पाइने एन्टिअक्सिडेन्टले मिर्गौलामा पत्थर हुने सम्भावना बढाउन सक्छ । त्यसैले मिर्गौलामा समस्या भएकाले मेवा नखाएको राम्रो मानिन्छ ।

२. मुटुको समस्या भएको अवस्थामा
मेवामा पाइने अल्केलाइड्सले मुटुको धड्कनलाई असामान्य बनाएर दुखाइ पैदा गराउन सक्छ । त्यसैले मुटुमा समस्या भएकाले मेवा खानबाट बच्नुपर्छ ।

३. शल्यक्रिया गरेको अवस्थामा
मेवामा पाइने पपाइनले रगतलाई पातलो बनाइदिन्छ । त्यसैकारण जसको भर्खरै शल्यक्रिया भएको छ, त्यस्ता व्यक्तिले मेवा खानु हुँदैन ।

४. गर्भवती अवस्थामा
मेवामा पाइने पपाइनका कारण तपाईको बच्चालाई हानि पुग्न सक्छ । यसका कारण गर्भपतन समेत हुने डर भएकाले गर्भवती महिलाले धेरै मेवा खानु हुँदैन ।

५. झाडापखाला लागेको अवस्थामा
मेवामा पाइने फाइबरका कारण झाडापखाला रोकथाम हुनुको सट्टा अझै समस्या बढ्दै जाने हुनाले पखाला लागेका बेला मेवा खानु राम्रो होइन ।

 

The post यी ५ अवस्थामा मेवा खानु हानिकारक मानिन्छ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles