Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

शुक्रबार ४३९२ कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या १ लाख २६ हजार नाघ्यो

$
0
0

काठमाडौं, ३० असोज । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३९२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ५२२ जना संक्रमित निको भएका छन् । अहिलेसम्म निको हुनेको संख्या ८८ हजार ४० पुगेको छ ।

शुक्रबारसम्म ४ हजार ८०८ जना क्‍वारेन्टाइनमा रहेका छन् भने ३७ हजार ३८२ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १६ हजार ५३१ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल १२ लाख ५४ हजार ४९० नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप २१ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७१५ पुगेको मन्त्रालयले जनाएको छ ।

The post शुक्रबार ४३९२ कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या १ लाख २६ हजार नाघ्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles