काठमाडौं, २७ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ५०३ जना संक्रमित निको भएसँगै निको हुनेको संख्या ७८ हजार ७८० पुगेको छ ।
मङ्गलबारसम्म ४ हजार ७९५ जना क्वारेन्टाइनमा रहेका छन् भने ३५ हजार ९१५ जना आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा १५ हजार ५७७ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल १२ लाख ७ हजार ९१ नमूनाको पिसीआर परीक्षण सम्पन्न भएको छ । मंगलबार काठमाडाैंमा १७४६ जना, ललितपुरमा २१६ जना सुनसरीमा २८९ जना र मोरङमा १५ जनासहित ६८ जिल्लामा नयाँ संक्रमित थपिएका हुन् ।
The post मंगलबार थपिएका ३५५६ कोरोना संक्रमित कुन जिल्लाका कति (पूरा विवरणसहित) appeared first on Sajha Post.