काठमाडौं, २७ असोज । कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मङ्गलबार नियमित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराएका हुन् ।
योसँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ६६३ पुगेको छ ।
नेपालमा मङ्गलबार ३५५६ जना कोरोना संक्रमित थपिँदा १५०३ जना निको भएर घर फर्किएका छन् ।
नेपालमा पहिलोपटक गत जेठ ३ गते धुलिखेल अस्पतालमा कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो । पछिल्लो समय मृतकको संख्या निरन्तर बढिरहेको छ ।
The post बितेको २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु appeared first on Sajha Post.