Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

मङ्गलबार थपिए ३५५६ कोरोना संक्रमित, कुल संक्रमित १ लाख १५ हजार नाघे

$
0
0

काठमाडौं, २७ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ५०३ जना संक्रमित निको भएका छन् । अहिलेसम्म निको हुनेको संख्या ७८ हजार ७८० पुगेको छ ।

मङ्गलबारसम्म ४ हजार ७९५ जना क्‍वारेन्टाइनमा रहेका छन् भने ३५ हजार ९१५ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १५ हजार ५७७ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल १२ लाख ७ हजार ९१ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप १८ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६६३ पुगेको मन्त्रालयले जनाएको छ ।

The post मङ्गलबार थपिए ३५५६ कोरोना संक्रमित, कुल संक्रमित १ लाख १५ हजार नाघे appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles