चितवन, २७ असोज । चितवनमा थप एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत पुरुषको गएराति मृत्यु भएको हो ।
भरतपुर महानगरपालिका–१० का ७८ वर्षीय ती पुरुषलाई असोज २३ गते संक्रमण पुष्टि भएर २४ गते अस्पताल भर्ना भएका थिए ।
त्यसपछि कोभिड आइसीयूमा उपचार गराइरहेका उनको राति मृत्यु भएको हो ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेमा चितवनका ३६ जना पुगेको छ ।
The post सिएमसीमा उपचाररत चितवनका कोरोना संक्रमितको मृत्यु appeared first on Sajha Post.