Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

सिएमसीमा गरिएको परीक्षणमा चितवनका ५२ सहित ७५ जनामा कोरोना पुष्‍टि

$
0
0

चितवन, २३ असोज । चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा गरिएको पिसीआर परीक्षणमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कलेजले दिएको जानकारी अनुसार संक्रमण पुष्‍टि हुनेमा चितवनका ५२ जना छन् भने अन्य ९ जिल्लाका २३ जना छन् ।

चितवनमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ४१ जनामा संक्रमण पुष्‍टि भएको छ भने रत्‍ननगर नगरपालिकाका ६ जना, कालिका नगरपालिकाका दुई जना तथा खैरहनी नगरपालिका, राप्ती नगरपालिका र माडी नगरपालिकाका एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी चितवनबाहिरका संक्रमितहरुमा नवलपरासी पूर्वका १० जना, मकवानपुरका ६ जना, तनहुँ, बारा, सर्लाही, रौतहट, रुपन्देही, लमजुङ र धादिङका एक/एक जना रहेका छन् ।

कलेजको पिसीआर प्रयोगशालामा बिहीबार परीक्षण गरिएका २८१ नमूनामध्ये ७५ जनाको रिपोर्ट पोजेटिभ आउँदा अन्य २०६ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

 

The post सिएमसीमा गरिएको परीक्षणमा चितवनका ५२ सहित ७५ जनामा कोरोना पुष्‍टि appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles