काठमाडौं, २० असोज । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५५१ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ६२ जिल्लामा कोरोना संक्रमित थपिएका छन् ।
थप २ हजार ३४० जना संक्रमित निको भएर घर फर्किएसँगै निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ ।
मङ्गलबारसम्म ४ हजार २२१ जना क्वारेन्टाइनमा रहेका छन् भने २२ हजार ७०९ जना आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा ११ हजार ४७ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल १० लाख ९९ हजार २७६ नमूनाको पिसीआर परीक्षण सम्पन्न भएको छ ।
मंगलबार सबैभन्दा धेरै काठमाडाैंमा ११७८ जना, ललितपुरमा २५० जना, सुनसरीमा १२२ जना, भक्तपुरमा १०३ जना र चितवनमा १०३ गरि देशभर १ हजार ५५१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
The post मंगलबार ६२ जिल्लामा थपिए कोरोना संक्रमित कुन जिल्लाका कति ? appeared first on Sajha Post.