Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

सिएमसीमा गरिएको परीक्षणमा चितवनका ५६ सहित ७५ जनामा कोरोना पुष्‍टि

$
0
0

चितवन, २० असोज । चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज (सिएमसी) को पिसीआर परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप ७५ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ ।

कलेजले दिएको जानकारी अनुसार संक्रमण पुष्‍टि हुनेमा चितवनका ५६ जना छन् भने अन्य ८ जिल्लाका १९ जना छन् ।

कलेजका अनुसार चितवनमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा ४९ जनामा संक्रमण देखिएको छ । त्यसैगरी रत्‍ननगर नगरपालिकामा ५ जना तथा खैरहनी र राप्ती नगरपालिकाका १-१ जनामा संक्रमण देखिएको छ ।

चितवनबाहिरका संक्रमितहरुमा नवलपरासी पूर्वका ११ जना छन् भने मकवानपुरका २ जना तथा नवलपरासी पश्‍चिम, तनहुँ, गोरखा, काठमाडौं, प्युठान र पर्साका १-१ जना छन् ।

प्रयोगशालामा असोज १९ गते परीक्षण गरिएका २८२ नमुनाहरुमध्‍ये ७५ को रिपोर्ट पोजेटिभ आउँदा अन्य १०७ नमूनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

The post सिएमसीमा गरिएको परीक्षणमा चितवनका ५६ सहित ७५ जनामा कोरोना पुष्‍टि appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles