Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कुन जिल्लामा कति कोरोना संक्रमित, हेर्नुहोस पूरा विवरण

$
0
0

काठमाडौँ, १९ असोज ।  नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४० जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८९ हजार २ सय ६३ पुगेको छ।

स्वास्थ्य मन्त्रालयको सोमबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले दिएको जानकारी अनुसार  इलामका १, उदयपुरका ५, ओखलढुंगाका ३, खोटाङका ३, झापाका ८, तेह्रथुमका १, धनकुटाका १, मोरङका ५५, संखुवासभाका १, सुनसरीका १२२ जनामा कोरोना संक्रमण भएका छन।

यस्तै धनुषाका १, पर्साका ८, बाराका ८, महोत्तरीका २, रौतहटका ८४, सप्तरीका ५, सर्लाहीका ९, सिरहाका ६, काठमाडौँका ११७८, काभ्रेका ३६, चितवनका १०३, दोलखाका १, धादिङका १२, नुवाकोटका १०, भक्तपुरका १०३, मकवानपुरका १५, रामेछापका १२, ललितपुरका २५०, सिन्धुपाल्चोकका ५, र सिन्धुलीका २ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै कास्कीका ३६, गोर्खाका १७, तनहुँका १०, नवलपरासीपूर्वका ६६, पर्वतका ३, लमजुङका २, बागलुङका १८, स्याङ्जाका ४, अर्घाखाँचीका १३, कपिलवस्तुका ८, गुल्मीका १७, दाङका ६, नवलपरासीका ५, पाल्पाका ६, प्यूठानका ५, बर्दियाका ८, बाँकेका २२, रुपन्देहीका ५८, कालिकोटका १, दैलेखका ३, रुकुमपश्चिमका १, सल्यानका १, सुर्खेतका ३०, अछामका १, कञ्चनपुरका ६, कैलालीका ३३, डडेल्धुराका २, डोटीका २, दार्चुलाका २, बझाङका १, बाजुराका १ तथा बैतडीका २ जनामा संक्रमण पुष्टि भएको हो ।



The post कुन जिल्लामा कति कोरोना संक्रमित, हेर्नुहोस पूरा विवरण appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles