Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

मंगलबार थपिएका संक्रमितको हेर्नुहोस् पूरा विवरण

$
0
0

काठमाडौं, १३ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५१३ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारी  अनुसार पछिल्लो २४ घण्टामा थप ७३१ जना संक्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ ।

मङ्गलबारसम्म ५ हजार ७७८ जना क्‍वारेन्टाइनमा रहेका छन् भने २० हजार ३९६ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ८९१ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल १० लाख ९ हजार २९८ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।



The post मंगलबार थपिएका संक्रमितको हेर्नुहोस् पूरा विवरण appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles