ट्याटु हान्ने मानिसको संख्या दिन प्रतिदिन बढिरहेको छ । तर धेरै मानिसलाई हाम्रो शरीर र स्वास्थ्यमा ट्याटुले पार्ने असरबारे थाहा नहुन सक्छ । यसका कारण मानिसलाई विभिन्न घातक रोग लाग्ने गर्छन् । त्यसैले ट्याटुले पार्ने यी ४ वटा असरबारे जानि राखौं:
१. एलर्जी
ट्याटु हान्दा प्रयोग हुने रातो, हरियो, पहेँलो तथा नीलो रंग हाम्रो छालाका लागि निकै घातक मानिन्छ । ट्याटु हानेको भाग वरपर विभिन्न बिमिरा, फोका तथा घाउ आउँछ । यी घाउ बढ्दै गएर विकराल रुप लिन सक्छन् ।
२. छालामा संक्रमण
ट्याटुका कारण छालामा संक्रमण हुने गर्छ । कहिलेकाहीँ यस्तो संक्रमण निकै गम्भीर हुने गर्छ । साथै ट्याटु वरपर छालाको क्यान्सर हुने सम्भावना हुन्छ । ट्याटु हानेको भाग वरपर ट्युमर बढ्ने गर्छ ।
३. विभिन्न रोगको संक्रमण
यदि ट्याटु हान्दा प्रयोग गरिने औजार संक्रमित भएमा त्यस्ता औजारले हाम्रो शरीरमा विभिन्न किटाणु सार्न सक्छन् । एचआईभी (एड्स), टिटानस, हेपाटाइटिस ‘बि’ र ‘सि’ जस्ता घातक रोगको संक्रमण हुन सक्छ ।
४. एमआरआईमा कठिनाई
एमआरआई गर्दा ट्याटु हानेको भाग सुनिने तथा पोल्ने गर्छ । यसबाहेक, ट्याटुका कारण इमेज प्रष्ट नआउने समस्या सिर्जना हुन्छ ।
The post घातक बन्न सक्छ ट्याटुको रहर appeared first on Sajha Post.