Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

सोमबार १३५१ कोरोना संक्रमित थपिए, ७४२ जना निको हुँदा ४ जनाको मृत्यु

$
0
0

काठमाडौं, १२ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३५१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ७४२ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ५४ हजार ६४० पुगेको छ ।

सोमबारसम्म ६ हजार ३१० जना क्‍वारेन्टाइनमा रहेका छन् भने १९ हजार ६२४ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ८० नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ९ लाख ९८ हजार ४०७ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप ४ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४८१ पुगेको मन्त्रालयले जनाएको छ ।

The post सोमबार १३५१ कोरोना संक्रमित थपिए, ७४२ जना निको हुँदा ४ जनाको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles