काठमाडौं, ११ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५७३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ८८५ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ ।
आइतबारसम्म ६ हजार २८१ जना क्वारेन्टाइनमा रहेका छन् भने १९ हजार १९ जना आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा १० हजार १३० नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ९ लाख ८८ हजार ३२७ नमूनाको पिसीआर परीक्षण सम्पन्न भएको छ ।
थप १० जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४७७ पुगेको मन्त्रालयले जनाएको छ ।
The post आइतबार थपिए १५७३ कोरोना संक्रमित, कुल संक्रमितको संख्या ७३ हजार नाघ्यो appeared first on Sajha Post.