Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

शनिबार ५१ जिल्लामा थपिए नयाँ कोरोना संक्रमित, हेर्नुहोस् पूरा विवरण

$
0
0

काठमाडौं, १० असोज । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २०७ जना कोरोना संक्रमित थपिएसँगै   कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार १४७ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ५३ हजार १३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार १९ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ९ लाख ७८ हजार २०४ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप ८ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४५७ पुगेको मन्त्रालयले जनाएको छ ।



The post शनिबार ५१ जिल्लामा थपिए नयाँ कोरोना संक्रमित, हेर्नुहोस् पूरा विवरण appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles