Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

सिएमसीमा उपचाररत कोरोना संङ्क्रमितको मृत्यु

$
0
0

चितवन, ८ असोज । चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज (सिएमसी) मा उपचाररत एक पुरषको कोरोना सङ्क्रमणका कारण  मृत्यु भएको छ ।

तनहुँको आँबुखैरहनी नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको बुधबार राति १२ः५५ बजे मृत्यु भएको हो ।

डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना देखिएको थियो ।

कोरोना सङ्क्रमण देखिएसँगै अस्पतालको सघन उपचार कक्षमा उपचार भईरहेका उनको  उपचारका क्रममा राति मृत्यु भएको हो ।

The post सिएमसीमा उपचाररत कोरोना संङ्क्रमितको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles