Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

विश्व अल्जाइमर महिनाः अल्जाइमर नियन्त्रण राख्न अप्नाउनुहोस् यी पाँच उपाय

$
0
0

एजेन्सी, ५ असोज । आज विश्व अल्जाइमर दिवस । तर हाम्रो जस्तो विकसिल मुलुकमा अल्जाइमर नामको रोगबारे धेरै जनसंख्याले थाहा पनि पाएका छैनन् । हामीमध्ये अधिकांशमा भूल्ने समस्या हुन्छ जसलाई हामी मानवीय आदत भनेर सजिलै बेवास्ता गर्छौ तर वास्तवमा तिनै अल्जाइमर रोगको प्राथमिक चरणको खतराका संकेतहरु हुन् ।

अल्जाइमर रोगीलाई यो विमारीले उनीहरुको मस्तिष्कलाई प्रभावित पारेर स्मरणशक्तिमा अवरोध पुर्‍याउँछ भन्ने थाहा हुँदैन । यो रोगको चपेटमा आएपछि मानिसहरु सोच्न, बुझ्न, बोल्न, काम गर्न अप्ठ्यारो महसुस गर्न थाल्छ ।

अल्जाइमर रोगीहरुको मस्तिष्काको एक भाग बिस्तारी कमजोर हुन थाल्छ । यो यस्तो बिमारी हो जसको उपचार हुँदैन तर यसलाई नियन्त्रणमा राखेर सहजरुपमा जिवनयापन गर्न भने सकिन्छ । यसका लागि आज हामी तपाईलाई केही टिप्स दिँदैछौं जसको मद्दतले तपाई यसमाथि पूर्णरुपले आफ्नो नियन्त्रण हासिल गर्न सक्नुहुन्छ ।

पहिलो जान्नुपर्ने कुरा यस रोगलाई शुरुवाती अवस्थामा पहिचान गर्न एकदमै अप्ठ्यारो हुन्छ । तर यो विमारीलाई शुरुवाती अवस्थामै नियमित जाँच र उपचार गरेर नियन्त्रण पाउन सकिन्छ । यसमाथि नियन्त्रण पाउने दोस्रो उपाय भनेको यसका विमारीहरु बौद्धिक गतिविधिमा संलग्न भैरहनुपर्छ । पढाई, खेलकूद जस्तै क्रस वर्ड र अन्य दिमागी खेलको साथै सामाजिक क्रियाकलापमा संलग्न रहनुपर्छ । दैनिक घूमफिर र व्यायामले पनि यसलाई नियन्त्रण राख्न मद्दत गर्छ ।

बदाम र ड्राई फ्रुटले पनि मस्तिष्कलाई तेजिलो बनाउँछ । फूलकोपीको सेवनले पनि मस्तिष्कलाई तेजिलो बनाउँछ । यसले हड्डीलाई पनि मजबूत बनाउँछ । बढेसकाल लाग्दै गरेमा मानिसहरुले आफ्नो काम आफै गर्ने गरे भने पनि यो रोग र स्मरणशक्ति गुमाउने खतरा कम हुन्छ । अल्जाइमरको समयमा दिमागमा बढ्ने विषाक्त बिटा एमिलायड नामक प्रोटिनको प्रभावलाई ग्रिन टिको सेवनले कम गर्नसक्छ हरियो सब्जी, फल, अन्न, माछा, जैतूनको तेलले अल्जाइमर रोगसँग लड्ने शक्ति प्रदान गर्छ ।

यदि तपाई अल्जाइमरबाट ग्रसित हुनुहुन्छ भने तिल, सुख्खा टमाटर, फर्सी, दही, पनिर, जङ्कफूड, रातो मासु, पेस्ट्रीज र गुलियो खाद्य वस्तु सेवन गर्नु हुँदैन ।

पाँचौ तथा अन्तिम उपाय भनेको दैनिक व्यायाम र योग हो जसले अल्जाइमरको प्रभावालाई कम गर्ने काम गर्छ । ध्यान गर्नाले भूल्ने समस्याबाट राहत मिल्छ । स्मरणशक्ति तेजिलो बनाउनका लागि सर्वागासन गर्नुहोस् । मस्तिष्कलाई तेज बनाउनका लागि भुजङ्गासन गर्नुहोस् । एकाग्रता बढाउनका लागि कपालभाती गर्नुहोस् ।

The post विश्व अल्जाइमर महिनाः अल्जाइमर नियन्त्रण राख्न अप्नाउनुहोस् यी पाँच उपाय appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles