Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

बितेको २४ घण्टामा उपत्यकाका ६ जनासहित १० कोरोना संक्रमितको मृत्यु

$
0
0

काठमाडौं, ४ असोज । कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार उपत्यकामा मात्रै ६ जनाको ज्यान गएको छ ।

योसँगै कोरोनाबाट नेपालमा मृत्यू हुनेको संख्या ४११ पुगेको छ । आइतबार ज्यान गुमाउनेमा ६ जना महिला ४ जना पुरुष रहेका छन् ।

मृत्यु हुनेमा काठमाडौंकी ४०, ६० र ६३ वर्षीया महिला छन् भने ललितपुरकी ७५ वर्षीया र भक्तपुरकी ७२ वर्षीया महिलाको पनि संक्रमणबाट ज्यान गएको छ । त्यसैगरी पाल्पाकी ४० वर्षीया संक्रमित महिलाको पनि मृत्यु भएको छ ।

त्यस्तै, धनुषाका ७६ वर्षीय, पर्साका ७७ वर्षीय, काठमाडौंका ८२ वर्षीय, चितवनका ८० वर्षीय र रुपन्देहीका ६७ वर्षीय पुरुषको पनि पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

आइतबार १३२५ जना कोरोना संक्रमित थपिँदा ९६६ जना निको भएर घर फर्किएका छन्

आइतबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ । अहिले सक्रिय संक्रमित १७ हजार ४७८ जना रहेका छन् भने ४६ हजार २३३ जना निको भइसकेका छन् ।

नेपालमा पहिलोपटक गत जेठ ३ गते धुलिखेल अस्पतालमा कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो । पछिल्लो समय मृतकको संख्या निरन्तर बढिरहेको छ ।

The post बितेको २४ घण्टामा उपत्यकाका ६ जनासहित १० कोरोना संक्रमितको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles